Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सानिमा बैंक र खल्तीबीच सम्झौता

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ । 

 

सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सकिन्छ । 

 

एक कार्यक्रमबीच खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

 

हाल सानिमा बैंकका देशभर १२४ कार्यालय र ११० एटिएम सञ्चालनमा छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै