Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

चीन भ्रमण उपलब्धिमूलक : इमरान खान

फाइल तस्बिर

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । 

 

 

उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तक्र्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

 

 

प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गरेका हुन् । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि उनले बताएका छन् । प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उनले त्यस अवसरमा दिएको समाचारमा जनाइएको छ ।

 

 

उनले बेइजिङ ओलम्पिकको उद्घाटनमा पनि सहभागी जनाएका थिए । त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
 

प्रतिक्रिया

97
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै