Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

कालिमाटी प्रहरीले समात्यो काठमाडौंका ‘पोल्याण्ड’ डिलर 

महानगरीय प्रहरी वृत्त कालिमाटीले लागूऔषध गाँजा (पोल्याण्ड’) सहित एकजना यसका कारोबारीलाई पक्राउ गरेको छ । 

 

वृतले आइतबार अपरान्ह कंलकीबाट बेचबिखनका लागि ल्याएको चारकिलो २ सय ग्राम पोल्याण सहित मकवानपुरका राजेन्द्र अर्याललाई पक्राउ गरेको हो । उनका साथबाट सुरुमा ३ केजी पोल्याण्ड र १८ हजार रुपैयाँ बरामद भएको थियो । 

 

प्रहरीले संतुङगलस्थित उनको डेराबाट थप एक केजी २ सय ग्राम पोल्याण्ड बरामद गरेको हो । 

 

वृत्तका अनुसार अर्यालले मकवानपुरबाट काठमाडौंमा पोल्याण्ड सप्लाई गर्ने विशेष सूचनाका आधारका कारबाही गरिएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै