
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मापदण्ड विपरीत नदी उत्खन्न र नगरपालिकाबाट प्रमाणित नभएको नक्कली बिल प्रयोग गरेर राजस्व उठाउने नवलपरासीका दुईजना ठेकदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले नवलपरासी पश्चिम सुनवल नगरपालिकाबाट २०७५–२०७६ मा पानाभार खोलाबाट नदीजन्य पदार्थ उत्खन्न तथा निकासी ठेक्का लिएर मापदण्ड बिपरित कामगर्ने एसआरडी कन्स्ट्रक्सनका संचालक रमेश पराजुली र सन्दिप केसी बिरुद्ध आइतबार विशेष अदालता भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
उनीहरुले मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा करिब ७६ लाख रुपैयाँ रकम उठाएर गैरकानूनी लाभ लिएको खुलेको हो ।
उनीहरुबाट बिगो बराबर असुल उपर र कैद सजायको माग सहित मुद्दा दर्ता भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit