Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सरकारले हतियारको नविकरण र नामसारी खुलायो, दस्तुर बढायो 

सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ । 

 

सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंमा प्रकाशित भएको छ । 

 

गृह प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले हतियार धनीहरुको गुनासो बढेपछि पूर्व सरकारले तयारी अवस्थामा राखेको प्रस्ताव अघि बढेको बताए । उनले यसले हतियार धनीहरुलाई आइपरेको समयमा निगरानी गर्न समेत सहज हुने बताए । 

 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशितगर्दै नविकरणमा छुट भएका हतियारका धनीहरुले प्रत्येक वर्ष नियम अनुसार लाग्ने दस्तुुर बाहेक हरेक वर्षको दुई हजार रुपैयाँ थप दस्तुर लिई २०७८ पुस मसान्तभित्र नविकरण गर्न सकनेछन् । यसका लागि उनीहरुले प्रमुख जिल्ला अधिकृतले तोकेको अधिकृत समक्ष मनासिव कारण भने देखाउनु पर्ने छ । 

 

यस्तै नामसारी रोक्का खोल्दै सरकारले कुनैपनि कारणले नामसारी छुट भएका हतियार धनीहरुले प्रत्येक वर्षको २५ सय रुपैयाँ तिरेर अन्तिम पटकका लागि २०७८ पुस मसान्तभित्र नामसारी गर्नसक्ने सुविधा दिएको हो । 

 

सरकारले हतियारको दस्तुरमा समेत परिवर्तन गरेको छ । 

 

सरकारले इजाजतपत्र दस्तुर राइफल, रिभल्वर र मिनिएचरको जिल्लभर २ सय रुपैयाँ रहेकोमा बढाएर ५ हजार र नेपालभरका लागि ६ हजार रुपैयाँ बनाएको छ । यस्तै नविकरण दस्तुर समेत जिल्लाभरका लागि पाँचसय रुपैयाँ रहेकोमा ३ हजार र देशभरका लागि ४ हजार रुपैयाँ बनाएको छ । 

 

यस्तै हातहतियार उत्पादनगरि बेचबिखनगर्ने इजाजतपत्रको दस्तुर समेत बढाइएको छ । 

 

हेरौं राजपत्रमा प्रकाशित सूचनाः 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै