
नेपाल बार काउन्सिलले अधिवक्ता भीमार्जुन आचार्यको ‘द कन्सेप्ट अफ जुडिसियल रिभ्यु’लाई सन् २०२० कै सर्वोत्कृष्ट पुस्तकको पुरस्कार प्रदान गरेको छ ।
पुरस्कार ग्रहण गर्दै अधिवक्ता आचार्यले बार काउन्सिल, प्रधानन्यायाधीश र सबै शुभेच्छुकहरूमा आभार व्यक्त गरेका छन् ।
पुस्तकमा नेपालको संवैधानिक इतिहास, न्यायपालिका र यसको विगत उल्लेछ छ । यस्तै, १० सालदेखि हालसम्म प्रधानन्यायलय÷सर्वोच्च अदालतले गरेका महत्वपूर्ण फैसलाहरुको समीक्षा, संविधान निर्माण प्रक्रिया, संविधानवाद् मौलिक अधिकार, संवैधानिक सिद्धान्तहरू, विधिको शासन आदि विषयहरुबारे विस्तृत चर्चा गरिएको छ ।
नेपालका संविधानहरू, अदालती प्रणाली, नेपाली कानूनी प्रणाली, राज्य संरचना, शासन पद्धति आदिका बारेमा जानकारी राख्न चाहनेका लागि पुस्तक उपयोगी रहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit