
कतारको मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेका नेपालीहरूलाई कतार सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ ।
रकम बुझ्न नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने जनाइएको छ । उनीहरुले वैदेशिक रोजगार विभाग तथा कतारी राजदूतावासमा सिधै सम्पर्क गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।
गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दीपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाई पनि सम्पर्कमा आई रकम बुझ्न आग्रह गरिएको छ । गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए ।
रकम बुझ्न बाँकी रहेकामा गोविन्द मोची, सन्तोष कुमार शर्मा, सन्जय चौधरी, सकिल अहमद मुसलमान, सविन कार्की, रन्जित कुमार खाङ्ग, रामेश्वर मण्डल, रमाकान्त खाङ्ग, रामकृष्ण निरौला, निरञ्जन पासमान, ज्ञानचन्द कुर्मी, ब्रह्मदेव खाङ्ग खत्वे, वीरेन्द्र हजारा, वैजनाथ चौधरी, अजय बहादुर श्रेष्ठ, विनोद कुमार भार, तेजनारायण राय अमात्य, सुरेन्द्र बोहोरा, सिकन्दर मुखिया, शैलेन्द्र महर्जन, राम उदागर राम छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit