Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा स्याङ्जाबाट एक पक्राउ      

फाइल तस्बिर

प्रहरीले स्याङ्जाबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।      

 

 

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङ रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 

 

जितेन्द्रले वालिङ नगरपालिका(१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका(१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका साईमन गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो भने साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

 

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै