Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

त्रियुगा गुल्म बन्यो ५ नम्बर गण, सशस्त्र प्रहरी महानिरीक्षक खनालले गरे उद्घाटन 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित  सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् ।

 


आइतबार त्रियुगा नगरपालिका–९ मा नबनिर्मित गणको उद्घाटनगर्दै उनले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्तरोन्नति गरिएको बताए । 

 


रास्ट्रसेबक कर्मचारीहरूले देखाएको इमान्दारिता , अनुशासन , बफादारिता , कर्तब्यपरायणता तथा उच्च समर्पण भाबका कारण संगठन यो स्थान सम्म आइपुगेको स्मरण गर्दै महानिरीक्षक खनालले सीमा सुरक्षालाई प्रभावकारी बनाउन २ सय २४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो बर्ष १ सय २० वटा थप गर्ने लक्ष्यका साथ आबश्यक तयारी र गृहकार्य भइरहेको बताए । 

 

 

छाङ्रु देखि ओलाङ्चुङ गोलासम्म र हिल्सा देखि किमाथांका सम्म तैनाथ भएर संगठनका रास्ट्रसेबक कर्मचारिहरु भौगोलिक बिकटता र प्रतिकुल मौसमका बाबजुद उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्बाह गरिरहेको बताउँदै उनले मनसुन जन्य उद्दारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारी अवस्थामा रहन निर्देशन दिए । 

 

 

‘आगामि कार्तिक २६ र मंसिर ३ गते  हुन गइरहेको प्रतिनिधि सभा निर्बाचन लाइ सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा ब्यबस्थालाई सशक्त बनाउन दिएको निर्देशन अनुसार नयाँ चुनौतिको सामना गर्न मानसिक र शारीरिक रुपले तयार रहन निर्देशन गर्दछु,’ महानिरीक्षक खनालले भने । 


सो गण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारि ,  त्रियुगा नगर पालिकाका प्रमुख बलदेब चौधरी सुरक्षा निकायका प्रदेश प्रमुख तथा जिल्ला स्थित प्रमुख हरुको उपस्थिति थियो । २०७५ मा सो गण तत्कालिन त्रियुगा गुल्म लाइ स्तरोन्नति गरि स्थापना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै