Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

पर्सा राष्ट्रिय निकुञ्जबाट सेनाद्वारा हतियार बरामद 

नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ टोलीले बुधबार हतियार तथा अन्य केही सामग्री बरामद गरेको छ ।

 

सेनाले दिएको जानकारीअनुसार सिद्धिबक्स गण र निकुञ्‍ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरुलाई देखेर पक्राउ गर्न खोज्दा उनीहरु हतियार छाडी फरार भएका थिए । 

 


सेनाका अनुसार उनीहरुको साथमा रहेको भरुवा बन्दुक–१ नाल, भरुवा बन्दुकको गोली–३ वटा, ठुलो छर्रा ५ वटा, सानो छर्रा १०० वटा, खुकुरी २ वटा, बारुद–२५० ग्राम (२ डब्बा), केप (कार्टिज)–२ वटा, ३ वटा झोला र एक जोर जुत्ता बरामद गरिएको हो । 

 

 

उनीहरुबाट बरामद गरिएका हतियार तथा अन्य सामग्रीहरु निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको सेनाले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै