Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सशस्त्र प्रहरीद्वारा महोत्तरीबाट ९३ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।

 

ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले ट्रक चालक धादिङका रमेश तामाङलाई समेत पक्राउ गरी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै