Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चीनको नेतृत्वमा भारतबाहेक दक्षिण एसियाली देशको संगठन स्थापना

चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो । 

 

बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली देशको आर्थिक विकास तथा जनजीविका सुधारका लागि ज्ञान आदानप्रदान गर्ने संगठनको उद्देश्य छ । 

 

चीनको विदेश मन्त्रालयका अनुसार कार्यक्रममा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओ र चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेश राजदूतले सम्बोधन गरेका थिए । 

 

गत अप्रिलमा कोरोना महामारीबारे दक्षिण एसियाली विभिन्न देशका विदेशमन्त्रीसँगको छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संगठन स्थापनाका लागि प्रस्ताव गरेका थिए । 

 

अन्य देशको पनि समर्थन पाएपछि संगठन स्थापना गरिएको हो । भारत भने उक्त छलफलमा निम्ता पाए पनि सहभागी भएको थिएन । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै