
लोकसेवा आयोग तातेपछि सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ । अझै चार सचिव पद रिक्त छन् ।
लोकसेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएसँगै धमाधम बढुवा थालिकएको हो । बढुवा सिफारश समितिले पठाएका नामबाट मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरेको हो ।
मन्त्रिपरिषद्ले साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा. दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो ।
यसबाहेक अझै पनि चार सचिव पद रिक्त छन् । प्रधानमन्त्री कार्यालयमा अझै तीन सचिव पद रिक्त छन् । यस्तै बिहीबार मात्र सहसचिव पदबाट सचिवमा कृष्णहरि पुष्करलाई सरकारले अतिरिक्त समूहमा राखेको छ। यस्तै हाल नेपाल ट्रस्टमा एक र रक्षा मन्त्रालयका एक सचिव पद रिक्त छन् ।
सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ । तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ ।
अब सचिवमा बढुवा हुने पालोमा अब प्रशासन सेवाका खगेन्द्र नेपाल र किरणराज शर्मा छन् । यसैगरी सचिव बढुवा हुने लाइनमा प्रशासन सेवाबाट राम घिमिरे, हरि मैनाली, डिल्लीराज शर्मा, राजकुमार श्रेष्ठ, रामेश्वर दंगाललगायत छन् । यसैगरी इन्जिनियरिङ सेवाबाट केशव शर्मा, वन सेवाबाट गोविन्द साह, विमलकुमार निर्मललगायत छन् ।
एम्बुलेन्स ल्याउन सडक नभएपछि दुई ठाउँमा तुइनबाट र एक ठाउँमा डोजरले खोला तार्नुपरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit