Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ललितपुरमा यूरोकपमा सट्टा खेल्ने-खेलाउने ५ जना पक्राउ

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टाबाजी खेल्ने-खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशी हारजित हुने गर्ने गरेको सुचनाका आधारमा ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा दिप्जल ढुंगाना, आशिष सिंह, राजु महर्जन, बिनोद महर्जन र सफिर राज राजकर्णिकार छन् । सबैजना ललितपुर निवासी हुन् ।

 

ललितपुर जिल्लाको बिभिन्न स्थानहरुबाट सट्टेबाजीमा प्रयोग भएको मोबाईलहरु सहित पक्राउ गरी निजहरु उपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुर मुद्धामा सम्मानित ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भई रहेको परिसरले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै