
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हिरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ । आज जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटघाटमा दुई पक्षीय आपसी
हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit