Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पाकिस्तानी परराष्ट्रमन्त्री कुरैशी र नेपाली राजदूत अधिकारीबीच भेटवार्ता

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र नेपाल बीचको सुमधुर सम्बन्धको महत्त्वलाई दोहोर्‍याउँदै आपसी हितका सबै क्षेत्रमा सहयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।

 

पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीसँग बुधबाट भेट वार्ता गर्दै कुरैशीले द्विपक्षीय सम्बन्धको सम्पूर्ण  आयामहरुबारे छलफल भएको थियो ।

 

विदेश मन्त्री कुरेशीले कोभिड १९ का कारण कयौं नेपालीले ज्यान गुमाएको भन्दै दुख व्यक्त गरेका थिए । यस्तै उनले कोरोना भाइरस नियन्त्रण गर्न नेपालले गरेका प्रभावकारी कदमहरूको सराहना गरे ।

 

उनले पाकिस्तानमा कोरोना महामारीको सामना गर्ने प्रयासमा नेपालको पनस साथ रहेको भन्दै आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

परराष्ट्रमन्त्री कुरैशीले गत महिना ३१ तारिखमा नेपालबाट रोकिएका पाकिस्तानी नागरिकहरूको सहज आवागमनको वातावरण मिलाएर नेपाल सरकारले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

 

राजदूत अधिकारीले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि आफूले काम गर्न चाहेको इच्छा व्यक्त गरे । उनले कोविड १९ सँग सम्बन्धित सहयोगका लागि पाकिस्तान सरकारलाई पनि धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै