Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सप्तरीको प्राविधिक कार्यालयका तत्कालीन इन्जिनियर गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

 

अन्य आरोपितहरुमा प्राविधिक कार्यालयका तत्कालीन इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकारी निर्माण सेवाका प्रोप्राइटर भूपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव, अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोपाइटर ममता देवी यादव छन् ।

 

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य अन्तर्गत साविकको जिल्ला प्राविधिक कार्यालय, सप्तरीबाट रुपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटविरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपु¥याई भुक्तानी गरेको उजुरीमा अनुसन्धानपछि अख्तियारले मुद्दा दायर गरेको हो । 

 

गोइतलगायतले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी गलत रुपमा उल्लेख गरी त्यसैको आधारमा भक्तानी दिएको अख्तियारले जनाएको छ । 

 

गोइत र पाठकविरुद्ध ६६ लाख ६४ हजार, लेखापाल श्रेष्ठविरुद्ध २ लाख ५४ हजार, माँ जानकीका यादवविरुद्ध २१ लाख, एभरेष्टका यादवविरुद्ध २६ लाख ५४ हजार, अन्नपूर्णकी यादवविरुद्ध १९ लाख बिगो मागदाबी र सजायको माग अख्तियारले गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै