Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

वीरगञ्जको मेयरमा नेपाली कांग्रेसका कन्चन झाको दाबी 

वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका कन्चन झाले दाबी पेश गरेका छन् ।

 

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टीको सुझाव अनुसार नै आफूले उम्मेदवारको लागि आधिकारिक दाबी पेश गरेको उल्लेख गरेका छन् । 

 


उनले  उम्मेदवार आफ्नो योग्यता र क्षमता प्रष्ट्याउँदै उम्मेदवारीको लागि दाबी पेश गरेको बताएका छन् । 

 


शनिबार उनले नेपाली कांग्रेस महानगर कार्यसमिति वीरगञ्जका सभापति मणिन्द्रलाल नेपाली (श्रेष्ठ)लाई आफ्नो दाबेदारी पत्र बुझाएका हुन् । 

 


उनले विगत डेढ दशकदेखि वीरगञ्जलाई केन्द्र बनाई आफू निरन्तर सामाजिक सेवाको कार्यमा खटिएकाले आगामी निर्वाचनमा आफूलाई महानगरका जनताले विजयी गराउने विश्वाससमेत व्यक्त गरेका छन्।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै