Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सशस्त्र प्रहरीले सुनसरीबाट समात्याे १४ लाख रूपैयाँ अवैध रकमसहित दुईजना

सशस्त्र प्रहरीले   सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते  १४ लाख २५ हजार नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् ।

 


सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

 

 

बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै