Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पाकिस्तान दूतावासद्वारा कश्मीरबारे छलफल आयोजना

काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

 

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई जम्मु कश्मीरको बारेमा गरिएको संकल्पको स्मरण गराए । सात दशक बिते पनि जम्मु कश्मीरमा विवाद भइरहेको उनले जनाए । उनले उक्त क्षेत्रमा अन्यायपूर्ण हत्या, फर्जी मुठभेड र अमानवीय कारबाही भइरहेको पनि बताए । 

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सन्देशमा जम्मु कश्मीरवासीको आधारभूत मानवीय अधिकारका विषयमा पाकिस्तानको प्रतिबद्धता दोहो¥याए । साथै, विश्व समुदाय र राष्ट्रसंघले कश्मीरवासीका लागि गरेको प्रतिबद्धता पूरा हुने आशामा यहाँको तीन पुस्तादेखिका व्यक्ति पर्खाइमा रहेको उनको भनाइ थियो । 

 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले कश्मीरमा भएका गम्भीर मानवीय उल्लंघनका घटनाको जाँच गर्न माग गरे । उनले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि कश्मीरवासीको साथमा सधैं पाकिस्तान रहेको पनि जनाए । 

 

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले लामो समयदेखिको यो विवादमा संयुक्त राष्ट्रसंघले प्रतिबद्धता गरेअनुसारको काम नहुँदा यस क्षेत्रको शान्ति र स्थिरता खतरा उत्पन्न भएको बताए । कार्यक्रममा सहभागी मानवअधिकार कर्मीले जम्मुकश्मीरमा मानवअधिकारको बिग्रँदो अवस्थाबारे चिन्ता व्यक्त गरे । कार्यक्रममा मानवअधिकारकर्मीका साथै विश्लेषक, लेखक तथा पत्रकारहरु सहभागी थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

शिवपुरीमा मानार्थ महारथी नरवणेले सुनाए कार्यक्षेत्रको अनुभव, भने समय सापेक्ष नै सफलताको सुत्र

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ ता...

पुस २३, २०७८