Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रोकिएन बर्दियामा बाघको आक्रमण, फेरि आक्रमणबाट एकजनाको मृत्यु

बर्दियामा बाघले मानिसमाथि आक्रमण गर्ने सिलसिला जारी राखेको छ। सोमबारमात्रै मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो ।

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव सोमबार फेला परेको हो ।

योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै