Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अकूत कमाउने यी २१ जनाको मुद्दा अख्तियारले किन राख्यो तामेलीमा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाइप्रोफाइल’ व्यक्तिका केही मुद्दासहित गत आर्थिक वर्ष २०७७/७८ मा गैरकानुनी सम्पत्ति आर्जनतर्फका २१ वटा मुद्दा तामेलीमा राखेको छ । 

 

सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जनको यी मुद्दाको टुंगो भने राजनीतिक दबाब, प्रमुख आयुक्तहरुकै चलखेल र स्वार्थका कारण हुन नसकेको छैन भने दोषीलाई उम्काउन पनि तामेलीमा राख्ने गरेको पाइएको छ । 

 

नेपाल सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आईजीपी) कोषराज वन्त, कर फछ्र्योट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत र अन्य सरकारी कर्मचारीको मुद्दा अख्तियारले तामेलीमा राखेको हो । 

 

अख्तियारका तत्कालीन प्रमुख नवीनकुमार घिमिरेको पालामा सशस्त्रका पूर्वआईजीपी वन्तको मुद्दा तामेलीमा राखिएको थियो । घिमिरेले प्रमुख आयुक्तबाट अवकाश पाउनु एक महिनाअघि ५ साउनमा उनको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले उक्त मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो । घिमिरेले २०७७ भदौ २९ मा अख्तियारबाट अवकास पाएका थिए । 

 

२३ भदौ २०७७ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका इन्जिनियर निश्चल काफ्ले, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इन्जिनियर दीपक केसीको मुद्दा तामेलीमा राखिएको थियो । यस्तै, २५ भदौमा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत लोकराज बोहराविरुद्धको मुद्दा तामेलीमा राखिएको हो ।

 

कर फछ्र्योट आयोगका अध्यक्ष महतविरुद्धको मुद्दा भने २३ पुस २०७७ मा तामेलीमा राखिएको थियो । त्यतिखेर अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा गणेशराज जोशी थिए । जोशीको अध्यक्षतामा बसेको बैठकले महतविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरेको थियो ।

 

अख्तियारको प्रतिवेदनअनुसार अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका इन्जिनियर रामशरण आचार्य, राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत मनोजकुमार गौतम, जिल्ला वन कार्यालय बाजुराका तत्कालीन अधिकृत धनीचन्द्र ठकुरीविरुद्धको मुद्दा पनि तामेलीमा राखिएको छ ।

 

यस्तै, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई र कर्मचारी धर्म मुनिकार, राजस्व अनुसन्धान विभागका निर्देशक खिमबहादुर कुँवर र नासु रामकृष्ण तिवारी, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख दीपककुमार भट्टराईविरुद्धको फाइल पनि तामेलीमा छ । 

 

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओली, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदी, रसुवा भन्सार कार्यालयका नासु भूपेन्द्रराज मैनाली, मध्यपहाडी लोकमार्गका सिनियर डिभिजन इन्जिनियर सूर्यबहादुर भाट, सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर सुशीलबाबु ढकाल, पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका तत्कालीन क्षेत्रीय निर्देशक उत्तमलाल प्रधानविरुद्धको फाइल पनि तामेलीमा राखेको छ ।

 

दक्षिण कोरियाका लागि तत्कालीन नेपाली राजदूत स्वर्गीय कमानसिंह लामा र अर्थ मन्त्रालयका उपसचिव डिलबहादुर क्षत्रीविरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।

 

अख्तियारले उजुरी तामेलीमा राख्नुको अर्थ अहिले पर्याप्त प्रमाण नभेटिएकाले प्रमाण भेटिएपछि पुनः मुद्दा चलाइने भन्ने हो । तर अख्तियारका पदाधिकारीले दोषीलाई उन्मुक्ति दिन यसको प्रयोग गर्दै आएको भनी आलोचना हुँदै आएको छ । अर्कोतर्फ यसले निर्दोषलाई पनि तनाव दिने गरेको छ ।

 

अख्तियारले आव २०७७/७८ मा अन्यतर्फ भने अनुसन्धानपछि २४३ वटा मुद्दा तामेलीमा राखेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

 


 

प्रतिक्रिया

1
  • Lnxexx

    फाल्गुण २, २०७८

    cialis 40mg for sale - order cialis generic buy tadalafil sale

प्रतिकृया थप्नुहोस्
  • Lnxexx

    फाल्गुण २, २०७८

    cialis 40mg for sale - order cialis generic buy tadalafil sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै