Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपाल बहुल राष्ट्रिय राज्य भएको उपप्रधानमन्त्री राजेन्द्र महतोको दाबी, सोही अनुसारको संविधान हुनुपर्ने माग 

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने दोहोराएका छन्  । उनले यही बिषयमा दिएको अभिब्यक्तिको चौतर्फी बिरोध भइरहेका बेला उनले यही बिषय दोहोराएका हुन् । 

 


शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशको जनताको सहभागिता हुनुपर्ने बताए। 

 


बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे। बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनको बुझाई थियो  । 

 


उनले भने – ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फुलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होईन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँजहाँ कमी कमजोरी छ । जहाँजहाँ विभेद छ । जहाँजहाँ एकल जातिय राज्य सञ्चालन गर्ने, एकल जातिय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

 

 

उनले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबैकुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै