Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचन शान्तिपूर्णरुपमा गराउने दायित्व सरकारको होः गृहमन्त्री 

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् । 

 

सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा बिहीबार उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिए । उनले लोकतन्त्रलाई मजबुत बनाउन आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै दललाई आग्रह पनि गरे । 

 

निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको उनको भनाइ छ । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गरे ।


 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले समग्र नागरिकका एजेण्डा समेटेर अघि बढेकोले निर्वाचनपछि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै