Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

लागूऔषध ‘आइस’ र हातहतियार सहित ललितपुरबाट समातिए जोन 

ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

ललितपुर महानगरपालिका–१० चाकुपाटमा खटिएको प्रहरीले बा ८५ प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेरचनलाई ३ ग्राम अवैध लागूऔषध आइस जस्तो देखिने सेतो पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।

 


अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागूऔषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।

 

उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै