Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

ललितपुर प्रहरीद्वारा बुद्ध मूर्ति चोरीका दुई आरोपित पक्राउ

महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटीपौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

 

शनिबार ललितपुरको टौखेलबाट रामेछापको दोरम्बा गाउँपालिका दुई तल्लोटोल घरमा भएका र अहिले काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसी बस्दै आएका २३ वर्षका नेशनल योञ्जनलाई मूर्तिसहित पक्राउ गरिएको हो ।

 

टौखेलबाट चोरी गरिएको बुद्धको मूर्ति खरिद गर्न आउने क्रममा ललितपुर महानगरपालिका–२० का ४५ वर्षका सानुलाल महर्जनलाई आइतबार पक्राउ गरिएको छ । 

 

पुस १५ मा राति ललितपुरको गोदावरी नगरपालिका तीन टौखेलस्थित रहेको पञ्चयिन मन्दिरवाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी भएको थियो । मूर्ति चोरी भएको जानकारी प्राप्त भएपछि परिसर तथा परिसर मातहतका प्रहरी वृत्त र प्रभाग कार्यालयबाट प्रहरी परिचालन गरेको थियो ।

 

पक्राउ परेकाविरुद्ध ललितपुर जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।  

पुस २१, २०७८