Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मधेश प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ ।

 

आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

 


मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार बिहान सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले पाँच वर्षे कार्यकालको अन्तिम पटक नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको हो । 

 


प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा यसअघि सञ्चालित महत्वाकांक्षी कार्यक्रमलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रमलाई समेत समावेश गरेको बताइएको छ । मधेश प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सञ्चालित केही कार्यक्रमलाई यस वर्षको नीति तथा कार्यक्रममा समेत समावेश छ ।

 


नीति तथा कार्यक्रममाथि छलफल भइसकेपछि सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै