
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् ।
लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्यक झन्झटमा पार्ने गरेको गुनासोसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीको काममा बाधा पुर्याउने, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्नेजस्ता कार्य गर्दै आएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा ३४ वर्षीय सुजन बुढाथोकी, ३४ वर्षीय विवेक थापा, ३५ वर्षीय दुनियाँ बहादुर राउत, २२ वर्षीय विशाल तामाङ, ३९ वर्षीय सुनिल बज्राचार्य, ३६ वर्षीय महेश सुवेदी, २६ वर्षीय शिव दर्जी, २६ वर्षीय राजेश सुनुवार, २४ वर्षीय रोशन घिमिरे र ३३ वर्षीय कमल थापा रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit