Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

२९ लाख भ्रष्टाचार आरोपमा मुगुको छायाँनाथ रारा नागरपालिकाका इन्जिनियरसहित पाँचजनाविरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुगुको छायाँनाथ रारा नगरपालिकाका इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब इन्जिनियर हस्त बहादुर मल्लका साथै अन्य तीनजनाविरुद्ध भ्रष्टाचारको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

उनीहरुले नगरपालिकाको वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्न आर्थिक वर्ष २०७४/७५ मा विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो । 

 


आयोगका अनुसार भएको कामभन्दा धेरै काम देखाई  नापीको किताबमा मूल्यांकन गरेका थिए । त्यस्तै उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु र उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालले पनि साथ दिएको अख्तियारले बताएको छ ।

 

उनीहरुले २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेकाले उनीहरुबाट उक्त रकमबराबरको बिगो र आवश्यक कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति...

ब‌ैशाख २१, २०७९