
काठमाडौंको टोखा सरस्वतीस्थित मालपोत कार्यालयका खरिदार विनोद तिवारी २० हजार घुससहित पक्राउ परेका छन्।
जग्गा नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बैशाख ४ गते पक्राउ गरेको हो ।
अख्तियारले उनले घुस लिएको पुष्टि हुन आएको भन्दै उनलाई आवश्यक कानुनी कारबाही माग गर्दै काठमाडौंको विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit