Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानसेनापति शर्माद्वारा कालीबहादुर गणको निरीक्षण 

प्रधानसेनापति प्रभुराम शर्मा

प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् ।

 

 

उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

 

 

निर्देशनालयका अनुसार उनले सैनिक ब्यारेकभित्र निरीक्षण गर्नुका साथै सकलदर्जालाई सम्बोधन पनि गरेका थिए ।
 

प्रतिक्रिया

107
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै