Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रूपको बियर प्लान्टमा भीषण आगलागी

चौधरी ग्रूपको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा अवस्थित चौधरी ग्रूपको उद्योग ग्राममा आगलागी भएको हो ।

 

आज बिहानदेखि आगलागी सुरु भएको थियो । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । 

 

तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै