
सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि खुलेको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
साताको तेस्रो दिन बुधबार शेयर परिसूचक ७.१९ अंकले घटेको हो। यसससँगै नेप्से २ हजार १३०.७३ अंकमा आइपुगेको छ।
बुधबार विभिन्न २२७ कम्पनीका एक अर्ब ७ करोड ८४ लाख मूल्यका ३० लाख २० हजार ६७ कित्ता शेयर खरिदबिक्री भए। नेपाल इन्भेस्टमेन्ट
बैंकको सबैभन्दा धेरै शेयर खरिदबिक्री भए। हिमालयन डिस्टिलरी कारोबारको आधारमा दोस्रोमा रह्यो।
बुधबार शेयर बजारमा गिरावट आए पनि मैलुङ खोला जलविद्युत्को शेयरको भाउ १० प्रतिशत बढ्यो। त्यस्तै बलेफी हाइड्रोपावर लिमिटेडको भाउ ९.९४ प्रतिशतले बढ्यो।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको शेयरको भाउ १० प्रतिशतले घट्यो।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit