
काठमाडौं पाकिस्तानी राजदूतावासले ओम चरण अमात्यद्वारा लिखित ‘पाकिस्तानमा बौद्ध धर्म र बौद्ध सम्पदा’ शीर्षकको पुस्तकको विमोचन समारोह आयोजना गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहभागी थिए ।
कार्यक्रममा विशेष अतिथि एच.ई. एसला रुवान विराकुन (महासचिव सार्क सचिवालय, काठमाडौं), सुश्री हिमाली अरुणतिलाका (नेपालका लागि श्रीलंकाका राजदूत), भोसिता वोरासाफ (नेपालका लागि थाइल्याण्डका राजदूत), सेन ओ ( नेपालका लागि म्यानमारका राजदूत) र हरिदय रत्न बज्राचार्य, (लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीका उपकुलपति प्रा डा.) भिक्षु तथा बौद्ध विद्वानहरु सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले साँस्कृतिक सम्पदा जनसम्पर्कको महत्वपूर्ण पाटो भएको बताए । उनले बौद्ध सम्पदा दुवै देशको साझा सम्पदा भएको बताए ।
नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले लेखकको प्रशंसा गर्दै नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्वलाई प्रकाश पारे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit