Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना

एपिएफ स्कुलकाे सुरूवात गर्दै सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल ।

सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् । 

 

विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको छ । 

 

महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने बताए ।

 

उनले  प्रदेश स्तरमा विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताए  ।


उनले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा  शिक्षाको विकास सँगै राष्ट्र सम्बृद्धिको बाटोमा अगाडी बढ्ने बताउदै  विकासशिल देशमा शिक्षाको विकास समग्र राष्ट्रको विकासको मेरुदण्ड रहेको बताए । 


नेपाल एपीएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने  विश्वास एपिएफले लिएको छ । जटिल अवस्थामा समेत विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति उसले आभार प्रकट गरेको छ । 


कोहलपुर नगरपालिकाका मेयर एलवि रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने बताए । उनले  स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने प्रतिवद्धता ब्यक्त गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

संवैधानिक सिफारिसको संसदीय सुनुवाई नहुने

राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो । 

मङ्सिर १९, २०७७