Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

 अल्पायुमै अस्ताए मेजर विवेक 

 

-->

नेपाली सेनाले एक होनहार, मिहेनती र इमान्दार प्राविधिक सेनानी गुमाएको छ । वृद्ध भएका बाबुआमाले एक्लो छोरा । अनि दुई सन्तान र श्रीमतीले अभिभावक । र देशले कठिन परिस्थितीमा पनि सैन्य मोर्चामा खटिने एउटा सिपाही गुमाएको छ । 

 

नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा कार्यरत नाक, कान घाँटी विशेषज्ञ चिकित्सक डा। विवेक खत्रीको शुक्रबार निधन भएको हो । सैनिक पृष्ठभुमी परिवारमा हुर्किएका विवेक केही समयअघि मात्र सेनाको लेवनान शान्ति मिशनबाट फर्किएका थिए । 

 

बाबु बिदुर र आमा मेनुकाका एकल सन्तान विवेकको असामायिक निधन भएको हो । 

 

उनको पशुपति आर्यघाटमा शुक्रबार राती नै अन्त्येष्टी गरिएको थियो । 

 

स्वर्गीय विवेकका पिता बिदुर केसीले एक्लो छोराको अन्तिम अन्त्येष्टीमा सेनाले सम्मान अर्पण गरेको भिडियो समाजिक सञ्जालमा राखे । 


र लेखे,


दुखद क्षण 

हामी ज्यादै मर्माहत तथा स्तब्ध छौँ । हाम्रा एक मात्र सुपुत्र डा विवेक विक्रम खत्री (बुहारी डा प्रज्ञा चालिसे खत्रीको पति) को आज अल्पायु (४३ वर्षक‍ो) , तथा अकल्पनीय निधन भयो । 


ऊ श्री वीरेन्द्र अस्पताल (नेपाली सेनाको) छाउनीमा सेनानी डाक्टर इएनटी विभागमा कार्यरत थियो । सोही  अस्पतालमा आज अन्तिम सास फेर्यो । मृतात्माको चिरशान्तिको कामनासहित भावपर्ण श्रद्धाञ्जली  । 


श्री पशुपति परिसरमा दाह संस्कार गर्दा सेनाको एक टुकुडीले सम्मान अर्पण गर्यो ।उसको उन्नतिका अवसर आइरहेकोमा चट्ट चुंडियो । 


हाम्रा परिवारलाई असीम पीडा, वेदना पर्नु स्वाभाविक हो ।  सहनु , धैर्य धारण गर्नै पर्दो रहेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै