
संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।
संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय हुनेछैन् ।
इकागज डटकमले मंगलबार बिहान गरेको ब्रेकिङ न्युज अनुसार परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डाबारे कुनै जानकारी नगराएको रिक्त संवैधानिक निकायमा नियुक्त गर्नका लागि बनाइएको रोष्टर पनि उपलब्ध नगराएको भन्दै सभामुख सापकोटा बैठकमा नजाने जनाएको थियो ।
उसले बैठक नबस्ने समाचार लेखेको भएपनि बैठक बसेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा राखेका छन् ।
बैठकमा जाने वा नजाने भन्ने बिषय अन्यौलमा रहेकैबेला नेपाली
कांग्रेशका सभापति शेरबहादुर देउवा भने गएका छन् ।
आइतबार बोलाइएको परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
बालुवाटारमा बसेको मंगलबारको बैठकले आधिकारीक निर्णय गर्न नसक्ने भएपछि ओली र देउवाबिच सोमबारको प्रदर्शनका बिषयमा अनौपचारिक कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।
यस्तै बैठकमा उपस्थित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणासँग विशेष अदालतले पूर्पक्षका लागि जेल पठाएका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका बिषयमा समेत ओलीले जिज्ञासा राखेका थिए ।
परिषद्को बैठक १३ महिनादेखि नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्न नसकेको हो ।
rx pharmacy online cialis - buy tadalafil online cheap order cialis 5mg pill
प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्धय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
rx pharmacy online cialis - buy tadalafil online cheap order cialis 5mg pill