Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राष्ट्रपतिको उपस्थितीमा पशुपतिनाथमा ८० करोड रुपैयाँको सुनकाे जलहरी राखियो 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । 

 

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनले बताए  ।  १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले जानकारी दिए । यसका लागि ८० करोड रुपैयाँ खर्च भएको सदस्य सचिव डा. ढकालले बताए ।

 

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको हो । 

 

सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् । 

 

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनले बताए । ।

 

पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागु औषध बर्जित गरिएको छ । 

प्रतिक्रिया

168
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै