
प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको बैंकको एटीएम मेशिन फुटाइरहेका सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय प्रही वृत्त नयाँ बानेश्वरका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । समयमा प्रहरी नपुगेको भए माथिल्लो भाग समेत फुटाएर उनले रकम झिक्ने अवस्था घटनास्थलमा देखिएको छ ।
प्रभागले तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit