
नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो ।
तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्रिक परिवहनका जर्नेल भोला बुढाथोकी, अपरेशन चिफ प्रेम शाहीलगायतलाई कोरोनाको लक्षण देखिएको छ ।
यी बाहेकका अरु केही सैनिक अधिकारीमा सामान्य लक्षण देखिएको जंगी अड्डा स्रोतले जनाएको छ । हिमालयन होराइजन, धुलिखेलमा २६ बेसिकका ब्याचीहरुबीचको खानपिनबाट कोरोना सरेको अनुमान गरिएको छ ।
हालै मात्र भारतमा सैनिक सहचारीको तीनवर्षे कार्यकाल सिध्याएर जर्नेल ईश्वरकान्त मैनाली फर्किएका थिए । उनी पनि उक्त खानपिनमा सहभागी थिए । हाल अत्तरिया (धनगढी) ब्यारेकको नयाँ जिम्मेवारी सम्हाल्न गएका मैनालीबाट नै कोरोना सरेको हो कि भन्ने अनुमान गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit