Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अवहेलना मुद्दामा दाहालको जवाफ : आफूविरुद्ध सरकार नेतृत्वको प्रायोजित निवेदन (पूर्णपाठसहित)


नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध निवेदकले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन् ।

 

आफूविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा जवाफ दिन आज सर्वोच्च पुगेका दाहालले आफूबाट अदालतको अवहेलना हुन नसक्ने बताए । 
‘अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उल्लंघन गर्ने कुरा मात्र अवहेलना हुन सक्ने सर्वमान्य सिद्धान्त हो । यस्ता काम मबाट कहिल्यै नहुने कुरा विश्वास दिलाउन चाहन्छु,’ उनले जनाएका छन् । 

 

९ माघको आमसभामा आफूले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधान विरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको कुरलाई सम्मानित अदालतसँग जोड्ने काम गरी अदालतलाई धम्की दिएको भन्ने दाबी झूठो रहेको उनले उल्लेख गरेका छ्न । 

 

उनले विपक्षीको औचित्यहीन निवेदन खारेज गर्नसमेत अदालतलाई आग्रह गरेका छ्न ।

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै