
सेञ्चुरी बैंकले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा बुधबार २६ बैंकको बाँसगढी शाखाबाट असहाय बालबालिका संरक्षण केन्द्र बेलभार, बर्दियालाई सहयोग गरेको छ । केन्द्रमा रहेका असहाय बालबालिकाहरुलाई कापी, कलम र झोला वितरण गरिएको हो ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा असहाय बालबालिकालाई कापी, कलमको साथसाथै विद्यालय झोला उपलब्ध गराएको थियो । २० जना बालबालिकाहरुलाई उक्त साम्रागी वितरण गरिएको थियो ।
शाखा प्रवन्धक प्रदीप खरेलले बालबालिकाका लागि सहयाेग गर्न पाँउदा खुसी लागेकाे बताए । उनले बैंककाे सानाे सहयाेगले पनि बालबालिकाहरूकाे अध्ययनमा सहयाेग पुग्ने बताए ।
सेञ्चुरी बैंकले आगामी दिनमा पनि देशका अन्य भू–भागमा समेत यस्ता कार्यक्रमहरु संचालन गर्ने लक्ष्य लिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit