Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।

 

नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।

 

अजोड इन्स्योरेन्सको गत सोमबार बसेको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निकाल्ने र बुक क्लोजको निर्णय गरेको थियो ।

 

तर अजोडको शेयर एकाएक उकालो लाग्नुको कारण व्यवस्थापन पक्षले नै दोस्रो बजारबाट ठुलो मात्रामा शेयर खरिद गरेको आशंका गरिएको छ । 

 

उक्त विषयमा केशव कोइरालाको नामबाट महानगरीय प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाका नाममा समेत जाहेरी परेको थियो । बोर्डमा पनि सो विषयमा उजुरी परेपछि छानविन सुरु भएको छ । 

 

बीमा समितिले अजोड इन्स्योरेन्सले आइपीओ निकालेको एकवर्ष समेत नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।

 

तीनवर्षदेखि सञ्चलानमा रहेको अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षमा अजोडले सर्वसाधारणलाई सेयर निकाष्सन गरेको थियो ।

 

अजोड इन्स्योरेन्समा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।

 

सम्बन्धित समाचार: अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

                            अजोड इन्स्युरेन्सको शेयर उकालो लागेपछि ‘इन्साइडर ट्रेडिङ’ आशंका !

                            अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै