
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्वीटरमा स्टाटस राख्दै एमालेका सांसदहरूलाई छलफलको लागि आह्वान गरेका हुन् । ‘हतारोमा कुनै पनि अनुचित निणर्यमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ उनले भनका छन् ।
ओलीले नेपाल पक्षलाई आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने
बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज संसदको विशेष अधिवेशनबाट विश्वास मत लिँदै छन् । तर, एमालेकै असन्तुष्ट नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारीमा छन् ।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।
— K P Sharma Oli (@kpsharmaoli) May 10, 2021
tadalafil cheap - tadalafil 40mg ca tadalafil 20mg sale
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil cheap - tadalafil 40mg ca tadalafil 20mg sale