
काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्डी कारोबारको नगद १३ लाख ५ हजार बरामद भएको छ । यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit