
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानका दुई सय २० बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ ।
डीएसपी इन्द्रबहादुर रानाको कमाण्डमा लागूऔषध नियन्त्रण ब्यूरोबाट समेत खटिएका ८६ जना प्रहरी टोलीले ५ दिन लगाएर दुई सय २० बिगाह क्षेत्रफलको व्यवसायिक गाँजा खेती नष्ट गरेको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो र देविटार लगायतका विभिन्न स्थानहरुमा लगाएको गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit