
नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।
यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईलाई नियुक्त गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको हो । गुरुङ हाल नेकपाको दाहाल–नेपाल समूहमा छन् । भट्टराई खोटाङबाट निर्वाचत सांसद हुन् ।
यसअघि ओली समूहले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिएको थियो ।
नेकपाका नेताहरु दुई समूहमा विभाजित भएपछि एकअर्को समूहका नेतालाई पदबाट बर्खास्त गर्ने क्रम चलिरहेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit