Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

प्रहरीका असई जोगाउन गलत बयान दिने बिरुद्ध अख्तियारले दर्ता गर्यो भ्रष्टाचार मुद्धा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । 

 

आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई) रामविश्वास राय यादवको बचाउ गरेकी हुन् ।

 

प्रहरी चौकी गौरीशंकर  सर्लाहीमा कार्यरत रहेका राय यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ लिँदैगर्दा नियन्त्रणमा लिएको थियो । आयोगको बर्दिबासको टोलीले बुधबार मुद्धा दर्ता गरेकी साहकै सूचना र सहयोगमा यो कारबाही चलाएको थियो । 

 

आयोगले असई राय यादव बिरुद्ध १४ साउन २०७७ मा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको थियो । मुद्धाको कानूनी उपचारकाक्रममा आयोगले साक्षी बनाएकी साहले सहयोग प्रतिकुल हुने गरी वकपत्र गरेको सप्रमाण पुष्टि हुन आएकोले मुद्धा दर्ता गरेको प्रवक्ता नारायणप्रसाद रिमालले पर्दाफासलाई बताए । 

 

उनका अनुसार साह बिरुद्ध  घुस दिने कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले उनी बिरुद्ध समेत बरामद रकम बराबरको बिगो मागदाबी गर्दै मुद्धा दर्ता भएको हो । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कोभिड–१९ बन्यो फरार अपराधी समाउने अवसर, चार महिनामै समातिए २७ सय २६

प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फ...

असार १७, २०७८