
भारतीय महावाणिज्य दूतावासले सोमबार अपाङ्गता : कानूनी प्रावधान र सामाजिक मापदण्ड शीर्षकमा छलफल गरेको छ ।
आजादी अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकतालाई बुझाउन वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास द्वारा उक्त शीर्षकमा छलपल गरेको हो ।
उक्त छलफल कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका सदस्य अभिषेक चौधरी, बालरोग विशेषज्ञ एवंम् रोटरी क्लब अफ वीरगंजका सदस्य डा आनन्द झा, अर्थोपेडिक सर्जन एवम् वीरगन्जको रोटरी लिम्ब प्रोजेक्टका प्रमुख डा शास्वत प्रसाद, रक्सौल सुन्दरपुरको लिटिल फ्लावर कुष्ठरोग कल्याणकारी संघका सचिव श्रीकृष्ण जी, रक्सौलका डंकन अस्पतालको सामुदायिक पुनस्र्थापना परियोजनाका इन्चार्ज जोन थो, वीरगन्जको मानव सेवा आश्रमका संयोजक सानु गुरुङ र भारतका कन्सुल जनरल नितेश कुमार र महावाणिज्य दूतावासका अधिकृत तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्यानलका सदस्यहरूले आ–आफ्ना संस्थाहरूले भारत–नेपाल सीमा क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको उपचार, पुनर्स्थापना र कल्याणमा काम गरिरहेको भूमिकामा प्रकाश पारेका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई समान अधिकार र अवसर सुनिश्चित गर्नका लागि सरकारले बनाएका विभिन्न ऐन–नियमका बारेमा पनि जानकारी दिएका थिए ।
कन्सुल जनरल नितेश कुमारद्वारा यस विषयमा आफ्नो भिन्न र जानकारीमूलक विचारका लागि सहभागीहरूलाई धन्यवाद ज्ञापन दिएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि भारत सरकारका अद्वितीय अपाङ्गता पहिचान जारी गर्ने लगायत विभिन्न कार्यक्रम तथा योजनाहरू बारे प्रकाश पारेका थिए । उनले विश्वका विभिन्न स्थानमा रहेका असंख्य अपाङ्गता भएका व्यक्तिले कडा परिश्रम र इच्छाशक्ति द्वारा मानसिक तथा शारीरिक अपाङ्गतालाई सफलतापूर्वक पार गरेको पनि बताएका थिए ।
भारतको रक्षा मन्त्रालय अन्तर्गत रहेको बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) ले सडक बनाउँदाका ‘क्लिप’हरु राखिएको भिडियोमा चलचित्र ‘लक्ष्य’ (सन् २००४) का लागि जावेद अख्तरले लेखेको...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit