
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बाउर्बाओबीच मंगलबार भेटवार्ता भएको छ ।
जंगी अड्डामा भएको भेटमा फ्रान्सेली सेनाका ब्रिगेडियर जनरल जियोफ्रोय डे लरायजिएरेलगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो।
उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने बताएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit